बिर्तामोड / ‘मिस्टर एण्ड मिस राइजिङ, मेगा मोडल –2021’ नामक सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ ।

एकेज इभेन्टस एण्ड इन्टरटेनमेन्ट कम्पनीले काठमाडौँमा आयोजना गर्न लागेको उक्त प्रतियोगिताको आउँदो शनिबारबाट अडिसन सुरु हुँदैछ ।

OM Sai Pathibhara Hospital

प्रतियोगितामा १५ देखि २६ वर्षका युवा, युवती सहयोगी हुन पाउने छन् । प्रत्यक्ष तथा भर्चुअल रुपमा हुन लागेको उक्त अडिसनलाई  काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने छ । 

अडिसनमा काठमाडौँ भेगका प्रतियोगीहरू प्रत्यक्ष सहभागि हुने छन् भने उपत्यका बाहिरका प्रतियोगीहरूको भर्चुअल अडिसन हुने छ । 

अडिसनबाट छनोट भएका प्रतिस्पर्धीहरूको तालिम लगायत अन्य तयारीको व्यवस्थापन एकेज इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट कम्पनीले गर्ने कम्पनीका सीइओ आयुष कुमार सिंहले जानकारी दिए । 

उक्त प्रतियोगितामा विजेता बन्नेले नगद तथा स्कुटर, बाइकको साथमा अन्य पुरस्कार पाउने छन् । 

उक्त सौन्दर्य प्रतियोगिताको दशैँ अघिनै अडिशन सक्ने योजना रहेको कम्पनीका सीइओ आयुष कुमार सिंहले जानकारी  दिए ।