झापा //वीरता जेसीजले सन् २०२१ मा मिस झापाको आयोजना गर्ने भएको छ ।
किशोरीहरुको अन्तरनिहित प्रतिभा उजागर गर्ने, आत्मविश्वास र सक्षम बनाउने उद्देश्यका साथ जेसीजको बोर्ड बैठकले यो वर्ष पनि मिस झापा गर्ने भएको हो।

प्रतियोगितामा कक्षा १२ अध्ययनरत र सोभन्दा माथिका किशोरीहरुको सहभागिता गराइने महासचिव एलसी श्रेष्ठले जानकारी गराएका छन्।
१८ वर्षदेखि २५ वर्ष उमेर समूहका झापाका महिलाहरुले प्रतियोगितामा भाग लिन पाउने वीरता जेसीजका महासचिव श्रेष्ठले बताएका छन्।
यसपटकको विजेताले स्कुटर पाउनुका साथै मिस नेपालमा सहभागी हुने अवसर प्राप्त गर्ने बताइएको छ।