बिर्तामोड / भारतीय कलाकार तथा ‘बिग बोस सिजन–१३’ का विजेता सिद्धार्थ शुक्लाको बिहीबार निधन भएको छ ।उनको हृदयघातका कारण निधन भएको हो सिद्धार्थले ‘बाबुलका आगन’ सिरियलबाट आफ्नो करियरका सुरुवात गरेका हुन् । उनले सिरियल ‘बालिका बधु’बाट आफ्नो बेग्लै पहिचान बनाएका थिए । साथमा उनी अभिनीत सिरियल ‘दिलसे दिल तक’ आजसम्म पनि चर्चामा छ । ४० वर्षको उमेरमा संसारबाट अलबिदा भएका सिद्धार्थले बिग बोस जितेसँगै आफ्नो नामलाई अझै उचाइमा पुर्याएका थिए । उनी मात्र होइन् बलिउडमा यस्ता धेरै कलाकार छन् जसको कम उमेरमा अचानक निधन भएको छ ।


सुशान्तसिंह राजपुत

 फिल्म ‘छिछोरे’, ‘ड्राइभ’, ‘केदारनाथ’, ‘शुद्ध देसी रोमान्स’ र ‘काय पो छे’ लगायतका चर्चित फिल्ममा काम गरेका सुशान्त सिंह राजपुतको पनि ३४ वर्षको उमेरमा निधन भएको थियो । २०२० जुन १४ मा उनले आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेका थिए । तर सुशान्तको हत्या थियो या आत्महत्या भन्ने विषयमा अझै पनि सीबीलाईले अनुसन्धान गरिरहेको छ । सुशान्तको निधनमा ड्रग्सको विषय जोडिएपछि उनको प्रेमीका रिया चक्रवर्ती र उनको भाइ लामो समय जेल बसेरसमेत फर्केका छन् । करिब डेढ वर्षको अवधिमा सीबीआईले अझै पनि सुशान्तले हत्या वा आत्महत्या गरेको भन्ने विषयमा ठोस प्रमाण दिन सकेको छैन ।

जिया खान

 फिल्म ‘गजनी’,‘निशब्द’ र ‘हाउसफुल’ लगायत फिल्ममा काम गरिसकेकी अभिनेत्री जिया खानले २०१३ जुन ३ मा आत्महत्या गरेकी हुन् । आफ्नै घरमा आत्महत्या गरेको अवस्थामा भेटिएको उनको लासको साथमा केही नोट भेटिएको थियो । जसमा उनले प्रेमी आदित्य पञ्चोलीले धोका दिएर गर्भपतन गर्न लगाएको कुरा उल्लेख भएको थियो । उनको मृत्युको लामो समयपछि २०२१ मा उक्त केस सीबीलाईलाई अनुसन्धानको लागि दिइएको छ ।

प्रत्युषा बनर्जी

सिरियल ‘बालिका बधु’ मा आन्नदीको भूमिका निभाएर आफ्नो बेग्लै पहिचान बनाएकी अभिनेत्री प्रत्युषा बनर्जीले २०१६ अप्रिल १ मा आत्महत्या गरेकी हुन् । जति बेला उनी २५ वर्षकी थिइन् । उनको प्रेमी राहुल रिमान्डसँग झगडा परेको थियो । उनले साथमा मर्ने धम्कीसमेत दिएकी थिइन् ।

इन्दर कुमार

फिल्म ‘तुमको भुला ना पाएगा’,‘ वान्टेड’ लागायतका चर्चित फिल्ममा काम गरेका अभिनेता इन्दर कुमारको मृत्यु २०१७ जुलाई २८ मा हृदयघातको कारण भएको हो । जतिबेला उनी ४४ वर्षका थिए । इन्दरको श्रीमतीले बताए अनुसार त्यो समयमा उनी आर्थिक संकटसँग जुधिरहेका थिए ।

दिवया भारती

९० को दशकमा चर्चित अभिनेत्रीको सूचीमा परेकी दिव्याको मृत्यु १९९३ मा १९ वर्षको उमेरमा भएको हो । उनको निधन आफ्नै घरको बिल्डिङबाट खसेको कारण भएको हो ।उनका केही नजिकका व्यक्तिहरुले बताए अनुसार उनी नसामा थिइन् उनले निधनको केही महिना अगाडी मात्र साजित नाडियावालसँग गोप्य रुपमा विवाह गरेकी थिइन् ।

स्मिता पाटिक

८० को दशकमा ‘नमक हलाल’ जस्तो सुपरहिट फिल्ममा काम गरेकी अभिनेत्री स्मिता पाटिलको १९८६ मा निधन भएको हो जतिबेला उनी ३१ वर्षकी थिइन् । आफ्नो पहिलो सन्तान प्रतिक बब्बरको जन्मपछि उनको स्वास्थ्यमा समस्या आएको थियो । जसको कारण उनको मृत्यु भएको हो ।

मधुबाला

फिल्म ‘मुगल ए आजम’ र ‘कमल’ लगायत सुपरहिट फिलममा काम गरेकी अभिनेत्री मधुवालको ३६ वर्षको उमेरमा निधन भएको हो । उनको मृत्यु हृदयमा समस्या भएको कारण भएको हो । उनले १९४२ मा एक बालकलाकारको रुपमा अभिनय यात्रा सुरु गरेकी थिइन् ।

मिना कुमारी

ट्रजेडी क्वीनको रुपमा चर्चित मिना कुमारीको निधन ३९ वर्षको उमेरमा भएको हो । उनको मृत्यु धेरै माधक पदार्थ पिएको कारण क्यान्सरबाट भएको हो । उनी अभिनीत फिल्म ‘पाकिजा एक ब्लकबस्टर फिल्म हो । यस फिल्म रिलिज भएको ३ हप्तामा उनको उपचारको क्रममा निधन भएको हो ।