बिर्तामोड /  पुष्प कमल दाहाल प्रचण्डकी नातिनी गायिका स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा स्वर दिएकी छन् । पुनम यादवको निर्माणमा बनेको उक्त गीतको भिडियोमा गायिका स्मिता र भारतीय टेलिभिजनका होस्ट अर्जुन बिज्लाको रोमान्सलाई देखाईएको  छ  । 

उनको स्वरमा रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ भारतको प्रतिष्ठित कम्पनी टि-सिरिजको ’पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट शुक्रवार रिलिज भएको हो । 

OM Sai Pathibhara Hospital

गीतमा गायक सबरी स्वयंको संगीत र केआर वाहीको शब्द रचना रहेको छ । भिडियोलाई राजीव एस। रुयाले निर्देशन गरेका हुन् । उनले अहिलेसम्म २ सयभन्दा बढी भारतीय गीतको भिडियो निर्देशन गरिसकेका छन् ।