एजेन्सी / भारतीय अभिनेता सिद्धार्थ शुक्लाको ४० वर्षको उमेरमा निधन भएको छ । बिहीबार उनको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको हो।

अभिनेता शुक्लाले बिग बोसको १३ औँ संस्करणको विजेता पनि भएका थिए । उनले टेलिभिजन सिरियल ‘बालिका बधु, वह बाबुलका आंगन छुटे ना, जस्ता चर्चित टेलिसिरियलमा अभिनय गरेका थिए । उनले टेलिभिजनसँगै ‘हम्टी शर्माकी दुल्हनिया’ नामक चलचित्रमा पनि काम गरेका थिए ।