सिमकोट / जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी)ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकूलता अनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ ।  सोमबार बसेको बैठकले कोभिडको संक्रमण घट्दै गएकाले लामो समयदेखि बन्द विद्यालय सञ्चालन गर्न  दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताएका छन्। उनले कोभिड संक्रमण कम हुँदै गइरहेको र सबैतिरबाट विद्यालय खुलाउनु पर्ने माग आएकाले केन्द्रको बैठकले विद्यालय खुलाउन दिने निर्णय गरेको बताए । 

जिल्लाका सातवटै गाउँपालिकालाई विद्यालय सञ्चालनका लागि निर्देशन दिने र  अवस्था हेरी गाउँपालिकाले विद्यालय सञ्चालनको लागि सहज गराउने छ । गाउँपालिकाले विद्यालय खुलाउँदा अवस्था हेरी स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गराउनाका साथै त्यसै अनुरुपको वातावरणका तयार गरेर मात्र विद्यालय सञ्चालन गराउनुपर्ने कोभिड १९ व्यवस्थापन केन्द्रका संयोजक आचार्यले बताएका छन् ।

OM Sai Pathibhara Hospital

ती गाउँपालिकामा १३७ सामुदायिक विद्यालयका साथै केही निजी विद्यालय पनि छन् । यसअघि ताँजाकोट गाउँपालिकाका सबै विद्यालयनाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका दुई गाउँमा भने कोरोनाको जोखिममा  पनि विद्यालयहरू सञ्चालन हुँदै आएका  थिए ।