विराटनगर / एभरेष्ट प्रिमियर लिग (ईपिएल)का लागि विराटनगर वारियार्समा जिम्बाबेका कप्तान सिकन्दर राजा अनुबन्धित भएका छन् ।

ईपिएलका लागि विराटनगर वारियर्समा अनुबन्ध हुने उनी पहिलो विदेशी खेलाडी हुन् । ईपिएलको नियमानुसार विराटनगरले थप २ जना विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी नै रहेको छ ।

OM Sai Pathibhara Hospital


विश्व क्रिकेटका अलराउन्डर ३५ वर्षीय सिकन्दरले जिम्बावेका लागि १७ वटा टेस्ट, १ सय ५ वान डे , ४२ वटा टि ट्वेन्टि आई र १ सय १७ वटा टि ट्वेन्टी क्रिकेट खेलेका छन् ।