बिर्तामोड/ कोरोना महामारीको समयमा भौतिकरूपमा अध्ययन हुने गरेको सामान्य अवस्थामा जसरी शुल्क लिएको भन्दै पोखरा स्थित पृथ्वीनारायण क्याम्पसका विद्यार्थीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

महामारीको समयमा आर्थिक सङ्कटको सामना गरिरहेका विद्यार्थीसँग विश्वविद्यालयका नाममा सामान्य अवस्थाको जसरी शुल्क लिने काम भइरहेको परमादेश जारी रोक्न दायर रिटमा माग गरिएको छ ।

OM Sai Pathibhara Hospital

विद्यार्थी आभाष पोख्रेलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय , त्रिभुवन विश्वविद्यालय , त्रिभुवन विश्वविद्यालय कानुन सङ्कायको डिनको कार्यालय र पृथ्वी नारायण क्याम्पसलाई विपक्षी बनाई दायर गरेको रिटमा कोरोना महामारीको समयमा लिइरहेको शुल्कमाथि पुनर्विचार गर्न र फरक व्यवस्था गर्न दायर रिटमा माग समेत गरेका छन् । 

1

2

3