काठमाडौँ / वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आएका उनको आज बिहान निधन भएको हो ।

लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उनका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लागायत  कृति लोकप्रिय छन् ।

OM Sai Pathibhara Hospital

वि.सं. १९९३ मा जुम्लामा जन्मीएका उनी प्रगतिशील लेखक सङ्घ र प्रगतिशील प्राध्यापक सङ्घका पूर्व अध्यक्षसमेत थिए । भट्टका श्रीमती र दुई छोरा छन् ।