दधिशंख तुषाराभं क्षीरोदार्णव संभवं।

नमामि शशिनं सोंमं शंभोर्मुकुट भूषणं ।। 

OM Sai Pathibhara Hospital

ॐ सों सोमायनम:

मिति:२०७८ भदौ १४ गते सोमबार  ई.स. २०२१ अगस्त ३० तारिक। दक्षिणायण बर्षा ऋतु  भदौ कृष्णपक्ष अष्टमी  तिथि  ०२:१७ सम्म। आज कृष्णजन्माष्टमी , दुर्वाष्टमी एवम् गौरा पर्व परेको छ।  ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्णपक्ष अष्टमीतिथिका दिन  भएकाले आजको  दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। आजको दिन  अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ।। आज नक्षत्र रहेको छ रोहिणी । करण रहेको छ बालव ०१:०१ सम्म। योग रहेको छ  व्याघात ०७:५८सम्म। आजको सुर्योदय ५:४१ मा हुनेछ भने सुर्यास्त ६:२६ मा हुनेछ। सुर्य सिंह राशिमा हुनुहुन्छ भने चन्द्रमा बृष राशिमा हुनुहुन्छ।

आजको दिनमा शुभ बेला 

बिहान ०५:४१ देखि ०७:१७ सम्म  अमृत वेला रहेको छ। यो बेलामा शुभकामको थालनी गर्न सक्नुहुनेछ।


आजको राशीफल

(१) मेष:चु, चे, चो, ला, लि, लु, ले, लो, अ

 प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। चिताएकाे काम बन्नेछ र केही लाभांश पनि प्राप्त भइरहनेछ।

(२)बृष: इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। 

३) मिथुन:का, कि, कु, घ, ङ, छ, के, को, ह

स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइएला। 

(४) कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो

 गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। भाेगविलासमा खर्च बढ्नेछ।

(५)सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

(६) कन्या: टो, प, पि, पु, ष, ण, ठ, पे, पो

 परिवारमा नया सदस्यको आगमन को योग रहेको छ। मिस्ठान्न भोजनको पनि योग रहेको छ। गरेका काममा सफलता मिल्नेछ। दिनको उत्तरार्ध मध्यम रहनेछ।

(७) तुला: र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रतीक्षित नतिजा कमजोर देखिए पनि थप कामतर्फ उत्साहित भइनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। व्यापारमा सामान्य फाइदाको योग रहेको छ।

(८) वृस्चिक:तो, ना, नि, नु, ने, नो, या, यि, यु

मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ। सानो प्रयत्नले ठुलो काम बन्नेछ।

 (९) धनु: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

 अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। तर स्वास्थ्यमा आकस्मिक समस्या देखपर्न सक्छ सचेत रहनुहोला।

(१०) मकर: भो, ज, जि, खि, खु, खे, खो, गा, गि.

 व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। दिगो काम प्रारम्भ गर्न समयले साथ दिनेछ। 

 (११) कुम्भ:गु, गे, गो, सा, सि, सु, से, सो, द

बोल्दा बिचार पुर्याउनु पर्नेछ। गाडी वाहन चलाउदा विशेष ध्यान दिनु पर्नेछ। दिन को उत्तरार्धमा टाउको दुख्ने समस्या आउन सक्छ सचेत रहनुहोला।

(१२) मीन: दि, दु, थ, झ, ञ, दे, दो, च, चि

 अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ।परिवारमा नयाँ सदस्यको आगमन पनि हुन सक्छ।

 



                                        -- पं पुरण भट्टराई 

                                           ९८६३३०९४०६