बिर्तामोड / प्रदेश १ मा आज थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९, सुनसरीमा ५५, पाँचथरमा १८, इलाममा ६, तेह्रथुममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ३८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८९ महिला र १९३ पुरुष छन् । 

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।