बिर्तामोड / आज देशभर थप एक हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार २९७ जनाको पिसिआरएन्टीजेन परीक्षणमा एक हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा २४ एक जना सङ्क्रमितको मृत्यु भएको छ भने हालसम्म मृत्‍यु हुनेको संख्या १० हजार ७१४ पुगेको मन्त्रालयले जनाएको छ । 

देशभर ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ३२ हजार ७४४  होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा तीन हजार ५२ संक्रमित छन् भने ६२५ जना आइसियुमा र १६७ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ।