हास्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण, निर्देशन तथा अभिनय गरेको चलचित्र ‘म त मर्छु कि क्या हो’ ओटीटी प्लेटफर्मबाट रिलिज भएको छ ।
ओहो मुभिज एपबाट शुक्रवार रिलिज भएको उक्त चलचित्र पूर्ण रुपमा कमेडी कथामा निर्माण गरिएको छ।

रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतको अभिनय रहेको चलचित्र म त मर्छु कि क्या हो २ घण्टा लामो रहेको छ।
चलचित्र प्ले स्टोरबाट ओहो मुभिजको एप डाउनलोड गरेर सःशुल्क हेर्न सकिन्छ। चलचित्रमा सिताराम र कुञ्जना मेरी बास्सै को चरित्र र गेटअपमा देखिएका छन् ।
तराईका विभिन्न स्थानमा खिचिएको फिल्मलाई सुदीप बरालले छायांकन गरेका हुन् । चलचित्रको स्क्रिनप्ले मिलन श्रेष्ठ रहेको छ भने डाइलग धुर्मुस र सुन्तली स्वयंले तयार पारेका हुन् । चलचित्रलाई दर्शकले निकै रुचाएका छन ।