काठमाडौँ / नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक ह्वाटमोर डेभले राजीनामा दिने भएका छन् ।

डेभले नेपाली क्रिकेट सङ्घ (क्यान)लाई शुक्रबार इमेल पठाउँदै ओमान सिरिज पछि नेपाली टोलीबाट राजीनामा दिने जानकारी दिएका हुन् । 

OM Sai Pathibhara Hospital

पारिवारिक कारण देखाउँदै डेभले नेपाली टोलीबाट बिदा लिन चाहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

हाल उनी ओमन र अमेरिकाबीचको विश्वकप लिड दुईको त्रिकोणात्मक सिरिजका लागि ओमानमा रहेका छन् । 

ओमान सिरिज यही भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुने छ । उक्त सिरिजमा नेपालले ओमान र अमेरिकासित दुई–दुई खेल खेल्ने तय भएको छ ।

डेभले आठ महिनाअघि एक वर्षका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । क्यानले खुला प्रतिस्पर्धाबाट उनलाई प्रशिक्षक नियुक्त गरेको थियो ।