बिर्तामोड  / देशभर थप २ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ११७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ७५२ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ५७७ र चार हजार ३६५ जनाको एन्टीजेन परीक्षण गर्दा ४८८ जनामा संक्रमण पुष्टि भएको हो।  आज देशभर दुई हजार ३३७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ।  

OM Sai Pathibhara Hospital

देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३४ हजार ६७६  होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा २ हजार ९२३ संक्रमित छन् भने ६२२ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ३६७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।