बिर्तामोड(एजेन्सी) युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको समूह चरणको ड्रमा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पिएसजी एकै समूहमा परेका छन्।

सिटी र पिएसजी समूह ए मा परेका हुन्। यो समूहमा जर्मन क्लब लाइपजिग र बेल्जियमको क्लब ब्रुग पनि रहेका छन्। 

OM Sai Pathibhara Hospital

यस्तै समूह बी मा स्पेनिस च्याम्पियन एट्लेटिको म्याड्रिड र इंग्लिस क्लब परेका छन्। यो समूहमा पोर्चुगलको पोर्टो र इटालीको एसी मिलान पनि छन्।

समूह तालिका

समूह ‘ए’ : म्यानचेस्टर सिटी, पिएसजी, आरबी लिपजिग, क्लब ब्रुगे
समूह ‘बी’ : एट्लेटिको मड्रिड, लिभरपुल, पोर्टो, एसी मिलान
समूह ‘सी’ : स्पोर्टिङ लिस्बन, बोरुसिया डर्टमन्ड, आयाक्स, बेसिक्टास
समूह ‘डी’ : इन्टर मिलान, रियाल मड्रिड, शाख्तर डोनेस्क, शेरिफ टिरास्पोल
समूह ‘इ’ : बायर्न म्युनिख, बार्सिलोना, बेन्फिका, डिनामो किभ
समूह ‘एफ’ : भिलारियाल, म्यानचेस्टर युनाइटेड, एट्लान्टा, योङ ब्वाइज 
समूह ‘जी’ : लिले, सेभिया, एफसी साल्जबर्ग, उल्फसबर्ग 
समूह ‘एच’ : चेल्सी, युभेन्टस, जेनिट सेन्ट पिट्सबर्ग, माल्मो