बिर्तामोड / भारतले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयोग गरेको अक्सिजन प्लान्ट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले औपचारिक रुपमा आज हस्तान्तरण गरका छन् ।  

स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रमबीच क्वात्राले बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा जडान गरिएको उक्त प्लान्ट स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई  हस्तान्तरण गरेका हुन् ।

OM Sai Pathibhara Hospital

मन्त्री श्रेष्ठले सहयोग स्वरुप प्लान्ट उपलब्ध गराएकोमा आभार व्यक्त गरेका छन् । उनको कोभिड महामारीको बेला प्लान्टले अक्सिजनको मागलाई सहज बनाउने पनि अपेक्षा व्यक्त गरे । 

प्रति व्यक्ति ५ एलपीएम (लिटर प्रति मिनेट) क्षमता भएको उक्त अक्सिजन प्लान्टको कूल क्षमता ९६० एलपीएम रहेको छ । प्लान्टले एक साथ २०० जना बिरामीलाई सेवा प्रदान गर्ने क्षमता रहेको भारतीय दुतावासले जनाएको छ ।