बिर्तामोड / जनगायक जुठबहादुर खड्की  ‘जेबी टुहुरे’को निधन भएको छ । टुहुरेको बयोधा अस्पतालमा उपचारका क्रममा ७८ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

भदौ १ गते पक्षघात भएर लडेपछि टुहुरेलाई उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरेको उपचारका क्रममा आज निधन भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

टुहुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक महासङ्घका निवर्तमान अध्यक्ष हुन् । 

माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालकाअनुसार उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि साढे १ बजेदेखि २ बजेसम्म माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ । उनको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।