काठमाडौँ// आईसीसीले यु-१९ विश्वकप खेलका लागि गर्न लागेको छनोट कोभिड-१९ का कारण रद्द गरेको छ।

अमेरिका, एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको छनोट बुधबार  रद्द गरेको हो।

OM Sai Pathibhara Hospital

छनोट रद्द भएसंगै आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै भएको छ।

यता छनोट रद्द भएकाले आईसीसी डेभलपमेन्ट कमिटी र आईसीसी बोर्डले स्वीकृत गरेको गाईडलाइन्स अनुसार अमेरिका क्षेत्रबाट क्यानडा, एसियाबाट युएई र इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यु गिनी सिधै यु-१९ विश्वकपकमा छनोट भएका छन् ।

यी तीन छनोट आयोजना गर्न नसकिने भएकाले पछिल्लो ५ यु-१९ छनावट प्रतियोगितामा प्राप्त जितका आधारमा तीन टपमलाई सोझै छनोट गरेको आईसीसीले विज्ञप्तीमार्फत जनाएको छ ।

यु-१९ विश्वकप अर्को वर्ष वेष्ट इन्डिजमा हुने बताइएको छ।