बिर्तामोड /  देशभर थप २ हजार ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा गर्दा १५ हजार २९० जनाको पिसिआरएन्टीजेन परीक्षण गर्दा २ हजार ४८२ जना संक्रमित पुष्टि भएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७११ ज्नाको पिसिआर परीक्षण गर्दा १ हजार ८६२ जना र ५ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा देशभर ४४ जना सङ्क्रमितको मृत्यु भएको छ। हालसम्म १० हजार ६१२ जना सङ्क्रमितको मृत्यु भएको छ। 

२४ घण्टामा देशभर १ हजार ७८१ जना संक्रमित निको भएका छन्।   नेपाल संक्रमित निको हुने दर ९३ दशमलब ५ प्रतिशत रहेको छ।

देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ३५ हजार २५० जना संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। ६१० जना आइसीयु र १६१ जना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज ३९६ जना होम आइसोलेसनमा रहेका छन्।