बिर्तामोड / विराटनगरको नोवेल मेडिकल कलेज र कोशी अस्पताल परिसरबाट प्रहरीले दश जना बिचौलियालाई पक्राउ गरेको छ । 

अस्पतालमा चिकित्सकलाई देखाएर फर्केका बिरामीलाई राम्रो ब्रान्डको औषधी सुलभ दरमा मिलाइदिने प्रलोभन देखाएर बिरामी ठग्ने दश जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

नोबेलबाट पक्राउ पर्नेमा कृपा फार्मेसीका मोहमद समिर, सुजित यादव, युनी कियर फार्मेसीका रोशन गुप्ता, दाजुभाइ फार्मेसीका अमित यादव, क्याटललाइसेस फार्मेसीका मोहमद सिराद, एपी फार्मेसीका फिरोज रोय र अलि फार्मेसीका विश्वास मण्डल रहेका छन् । 

त्यसैगरी कोशी अस्पताल परिसरबाट पक्राउ पर्नेमा श्रीराम चौधरी, सूर्यनारायण यादव र मोहमद जली रहेका छन् । 

उनीहरूलाई मोरङ प्रहरीले मङ्लबार राति अस्मताल परिसरबाट पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीले जानकारी दिए । 

एसपी जिसीका अनुसार पक्राउ परेका बिचौलियाले अस्पताल अगाडि बसेर विभिन्न बहाना बनाइ बिरामीलाई आफू अनुकूलको अस्पताल पुर्याउने र औषधी किन्न पनि आफूले कमिसन पाउने फार्मेसीमै लैजाने गरेको पाइएको छ ।