काठमाडौँ  / अमेरिकी औषधी नियामन निकाय खाद्य तथा औषधी प्रशासन (एफडीए)ले १२ वर्ष भन्दा मुनिका बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप नलगाउन अभिभावक र औषधि आपूर्तिकर्तासँग आग्रह गरेको छ । 

एफडीएले बालबालिकामा यस खोपको असरको बारेमा आवश्यक जानकारी नभएको भन्दै १२ वर्ष भन्दा मुनिका बालबालिकालाई फाइजर खोप नलगाउन आग्रह गरेको हो । 

OM Sai Pathibhara Hospital

एफडीएले बालबालिकालाई फाइजर खोप लगाउन सिफारिस नगर्ने बताएको छ । तर, १६ वर्ष भन्दा माथिका व्यक्तिको लागि भने प्रयोग गर्न सोमबार नै पूर्ण स्वीकृति दिइसकेको छ ।

एफगीले बालबालिकाको लागि कति मात्रा उपयुक्त हुन सक्छ भन्ने बारेमा आफूहरूले समय समयमा बुझिरहेको जनाएको छ । फाइजर, मोडर्ना र जोन्सन एण्ड जोन्सनले बालबालिकाको लागि खोपको परीक्षण गरिरहेका छन् ।