बिर्तामोड / साहित्य समाजको दर्पण हो । जीवन भोगाइको अभिव्यक्ति हो । अझ भनौँ स्रष्टामा निहित क्षमता र प्रतिभाको प्रस्फुटन हो । 

मोफसलमा रहेर पनि साहित्य सृजनामा लागि रहने एउटा नाम हो खगेन्द्रा खुसी । झापाको खुदुनाबारी ७ मा बि स २०४२ साल असोज ८ गते जन्मिनु भएका खुसीले वि.स. २०६१/०६२ बाट आफ्नो साहित्य लेखन यात्रा सुरु गरेकी छन् । 

OM Sai Pathibhara Hospital

आमाको डायरी शीर्षकको कथा संग्रह समेत प्रकाशन गरेकी उनले विगतमा कञ्चनजंघा एमएम, नागरिक एमएम र सूर्योदय टेलिभिजनमा साहित्यिक कार्यक्रम समेत सञ्चालन गरेकी छन् ।

अत्यन्त सुरिला स्वरमा छन्द कविता बाचनको क्षमता भएकी खगेन्द्रा खुसी डायनामिक ग्रुप नेपाल भद्रपुरकी अध्यक्ष समेत रहेकी छन् । उनले नेपाल लगायत भारतका थुप्रै ठाउँमा साहित्यिक कार्यक्रममा सहभागि समेत भएकी छन् । दर्जन भन्दा वढी पुरस्कार र सम्मान पाएकी खगेन्द्रा साहित्यिक जगतमा चिनिएकी व्यक्ति समेत हुन् ।