बिर्तामोड / प्रदेश एकमा आज थप छ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१ हजार ३३८ जनाको पीसीआर परीक्षण गर्दा ४१४ र ७१८ जनाको एन्टिजेन परीक्षण गर्दा १९७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४४, मोरङमा १४२, सुनसरीमा ९३, धनकुटामा १५, इलाममा ४, भोजपुर, उदयपुर र संखुवासभामा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज तीन सय १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२८ पुरुष र १८४ महिला रहेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।