बिर्तामोड / दक्षिण भारतको चर्चित हरर सिनेमा  ‘कन्चना –३’ की अभिनेत्रीको लास झुण्डिएको अवस्थामा भेटिएको छ ।

२४ वर्षीया रुसी मोडल तथा अभिनेत्री अलेक्जान्द्रा जाभी गत शुक्रबार उत्तरी गोवामा आफ्नो घर भित्रको कोठामा मृत अवस्थामा भेटिएकी हुन् ।    

OM Sai Pathibhara Hospital

आफ्नो प्रेमीसँग त्यस धरमा बस्दै आएकी उनले आत्महत्या गरेको हुन सक्ने  प्रहरीले  प्रारम्भिक अनुमान गरेको छ।  हाल पोस्टमार्टम रिपोर्ट कुरिरहेको प्रहरीका अनुसार उनी मानसिक रुपमा अशान्त थिइन् र विगत केही दिनदेखि औषधि पनि खाँदै थिइन्। 

गोवा पुलिसले रूसी दूतावासलाई अभिनेत्रीको पोस्टमार्टम रिपोर्ट चाँडै आउने बताउँदै कानूनी प्रक्रिया सुरु गर्न जानकारी गराएको छ ।

तमिल फिल्म ‘कञ्चना –३’ मा पनि अभिनय गरेकी  अलेक्जान्द्राले सन २०१९ मा चेन्नई पुलिस स्टेसनमा एक फोटोग्राफरविरुद्ध यौन उत्पीडनको उजुरी दायर गर्दै उक्त फोटोग्राफरले आफ्नो तस्वीरहरू खिचेबापत यौन सम्बन्ध राख्न आग्रह गरेको बताएकी थिइन्। 

अभिनेत्रीको हत्या हो या आत्महत्या त्यसको निचोड पोस्टमार्टम रिपोर्ट पछि मात्र खुलासा हुने प्रहरीले जनाएको छ ।  यो केशमा  चेन्नई पुलिसले गोवा पुलिसलाई हर सम्भव सहयोग गर्ने आश्वासन दिएको छ।