बिर्तामोड / नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति झापाले संस्थागत विद्यालय तथा क्याम्पसहरूले अनलाइन कक्षाको नाममा अभिभावकबाट चर्को शुल्क लिएको प्रति आपत्ती जनाएका छन् । 

कोरोना महामारीको समयमा व्यापार, व्यवसाय नै ठप्प भएको वेला विद्यालयले शैक्षिक सत्र र अनलाइन कक्षाको नाममा अभिभावकबाट चर्को शुल्क लिएको प्रति नेविसंघ र क्रान्तिकारीले आपत्ती जनाएका हुन्

OM Sai Pathibhara Hospital

निषेधाज्ञाको समयमा भौतिक उपस्थिति विना पठनपाठन गराउँदै आएका झापाका निजी विद्यालयले विद्यार्थीसँग विगतमा जसरी नै शुल्क असुलेको भन्दै अनुगमन गरी नयाँ शुल्क निर्धारण गर्न अभिभावकले बिर्तामोड नगरपालिकामा लिखित निवेदन दिएका थिए । 

विद्यार्थी संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कोरोनाका कारण लामो समय देखि विद्यार्थीहरू नियमित शैक्षिक क्रियाकलापमा सहभागी बन्न नपाइरहेकाे जनाएकाे छ ।

शैक्षिक स्तर, सिकाइ र उपलब्धिमा गम्भिर असर परेको भन्दै अभिभावकबाट अनलाइन कक्षाको शुल्क ५० प्रतिशत भन्दा वढी नलिन संगठनले विद्यालयलाइ आग्रह गरेको छ । 

विद्यालयहरूले अभिभावकबाट ५० प्रतिशत भन्दा वढी शुल्क लिएमा विद्यार्थी संगठनले कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।