धरणीगर्भ सम्भूतं बिद्युत्कान्तिसमप्रभम्।

कुमार शक्तिहस्तं तं मङ्गलं प्रणमाम्यहम्।।

OM Sai Pathibhara Hospital

ॐ भौमाय नम;


आज  मिति:२०७८ भदौ ८ गते मङ्गलबार ई.स. २०२१ अगस्त २४तारिक। दक्षिणायण बर्षा रितु। भदौ कृष्णपक्ष द्वितीया  तिथि ०४:१७सम्म। नक्षत्र रहेको छ पूर्वभाद्रपदा   ०७:५७सम्म। करण रहेको छ गर   ०४:१७सम्म। योग रहेको छ सुकर्मा ०७:०७सम्म। आजको सुर्योदय ५:३८ मा हुनेछ भने सुर्यास्त ६:३२मा हुनेछ। सुर्य सिंह राशिमा हुनुहुन्छ भने चन्द्रमा कुम्भ  राशिमा ०१:४८ सम्म हुनुहुन्छ।  आज  ०१:४८ भन्दा अगि जन्मिएका बालक हरुको न्वाएका बालक हरुको न्वारन को नाम कुम्भ राशिबाट  रहनेछ।

आजको दिनमा शुभ बेला

बिहान १०:२९ देखि १२:०५ सम्म लाभ बेला रहेको छ भने १२:०५ देखि ०१:४२ सम्म अमृतवेला रहेको छ। यो बेलामा शुभकामको थालनी गर्न सक्नुहुनेछ।


       आजको राशिफल

(१) मेष:चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ।


(२) बृष: इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

धर्मकर्ममा अभिरुचि बढ्ने छ।प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।


(३) मिथुन:का, कि, कु, घ, ङ, छ, के, को, ह

अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। 


(४) कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो

तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।राज्य बाट सम्मान को योग पनि बनेको छ।


(५)सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे

धनार्जनको नया स्रोत हरु पत्ता लाग्नेछन्।बिशिस्ट ब्यक्तीको सहयोग मिल्नेछ। नया ज्ञान सिक्ने मौका मिल्ने योग रहेको छ।।


(६) कन्या: टो, प, पि, पु, ष, ण, ठ, पे, पो

   बित्तिय संस्था बाट सहयोग मिल्ने छ। नया कामको थालनी हुनेछ। पशु चौपायबाट राम्रै लाभ हुनेछ।।


(७) तुला: र, रि, रु, रे, रो, ता, ति, तु, ते

छर-छिमेकमा असमझदारी बढ्नेछ। बोल्दा बिचार पुर्याएर बोल्नु होला। गरेका काम हरुमा ढिला सुस्ती हुनेछ। अनावश्यक यात्रा हुने योग रहेको छ।


(८) वृस्चिक:तो, ना, नि, नु, ने, नो, या, यि, यु

 विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त हुने योग रहेको छ।


(९) धनु: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आर्थिक कारोबारमा मन्दी आउनेछ।मनमा दुबिधा उत्पन्न हुनेछ। दिनको उत्तरार्धमा  टाउको दुख्ने समस्या आउन सक्छ सचेत रहनुहोला।


(१०) मकर: भो, ज, जि, खि, खु, खे, खो, गा, गि

 मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शरिरमा आलस्यता पैदा हुनेछ।

 

(११) कुम्भ:गु, गे, गो, सा, सि, सु, से, सो, द

आज रमणीय यात्राको योग बनेको छ। खानपान मा ध्यान दिनु पर्नेछ।  साथी सङ्गिले बिश्वासघात गर्न सक्छन् सचेत रहनुहोला।


(१२) मीन: दि, दु, थ, झ, ञ, दे, दो, च, चि

रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। कृषि चौपाय बाट विशेष फाइदा मिल्ने योग रहेको छ।


- पं पुरण भट्टराई 

  ९८६३३०९४०६