बिर्तामोड / देशभर थप १ हजार आठ सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज देशभर गरिएको ८ हजार ७०४ पीसीआर र २ हजार ६२२ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै कुल संक्रमितको संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ३५१ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ हजार ९२४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ पुगेको छ। 

देशभर आज थप २४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ। 

हाल ३५ हजार १३२ जना होम आइसोलेसन र ३ हजार २१९ जना संस्थागत आइसोलेसनमा छन्। ३९३ जना क्वारेन्टाइन, ६७९ जना आइसीयू र १७६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।