बिर्तामोड / बलिउडका सुपरस्टार सलमान खान  ‘टाइगर–३’ को सुटिङका लागि रुस पुगेका छन् । 

टाइगर फ्रेञ्चाइजीको तेस्रो फिल्म टाइगर –३’ को छायाँङ्कनका लागि सलमान र नायिका कट्रिना कैफसहित चलचित्रको टोली केही दिन अगाडि रुस उडेको थियो । 

OM Sai Pathibhara Hospital

रुस पुगेर चलचित्रको छायांकन सुरु गरेका सलमान खानको सेटबाट विभिन्न तस्वीरहरू लिक भइरहेका छन्, जुन सोसल मिडियामा भाइरल बनिरहेको छ । 

तस्वीरमा सलमान खानले आफूलाई पूरै परिवर्तन गरेका छन् । लामो दाह्री र जुंगामा देखिएका सलमान खानलाई नयाँ लुक्समा चिन्न मुस्किल पर्छ । टाइगर–३’ टाइगर फ्रेञ्चाइजीको तेस्रो फिल्म हो ।  

सन् २०१२मा यसको पहिलो फिल्म ‘एक था टाइगर’ र सन् २०१७ मा ‘टाइगर जिन्दा है’ दर्शकमाझ रिलिजमा आएको थियो । उक्त दुवै फिल्ममा सलमान र क्याट्रिना मुख्य भूमिकामा थिए ।