बिर्तामोड / कोरोनाको कारण तयार भएर पनि रिलिज हुन नसकेको  ‘केजीएफ –२’ ले आफ्नो प्रर्दशन  मिति तोकेको  छ ।

यो चलचित्र सन् २०२२ को अप्रिल १४ बाट रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ ।  ‘केजीएफ –२’ सन् २०१८ मा रिलिज भएको कन्नड चलचित्र  ‘केजीएफ’का सिक्वेलको रुपमा तयार भएको हो ।  

OM Sai Pathibhara Hospital

यो चलचित्रलाई यो वर्षको जुलाई १६ मा रिलिज गर्ने तयारी गरिए पनि कोरोनाका कारण चलचित्रको प्रदर्शन मिति बारम्बार पछि सरिरहेको थियो ।

चलचित्रका मुख्य नायक यशले आइतबार ट्विटरमार्फत चलचित्रको नयाँ मिति सार्वजनिक गरेसँगै अब भने यो चलचित्रको प्रदर्शन निश्चित भएको छ। 

संजय दत खलनायकको भूमिकामा देखिएका  ‘केजीएफ –२’ मा यशको साथमा रविना टन्डनको मुख्य भूमिका छ । कन्नड भाषामा बनेको यो चलचित्रलाई हिन्दी, तेलुगु, तमिल, मलयालम भाषामा पनि प्रदर्शन गरिनेछ । 

यसअघिनै  चलचित्रको टिजर सार्वजनिक भैसकेको छ र दर्शकले यसलाई निक्कै मन पराएका छन् ।