दधी शंखतुषाराभं क्षीरोदार्णव सम्भवम्।

नमामी शशिनं सोमं शम्भोर्मुकुटभूषणम्।।

OM Sai Pathibhara Hospital

ॐ सोमसोमाय नम:

आज मिति:२०७८ भदौ ७ गते सोमबार ई.स. २०२१ अगस्त २३तारिक। दक्षिणायण बर्षा रितु। भदौ कृष्णपक्ष प्रतिपदा तिथि  ०४:४२सम्म।नक्षत्र रहेको छ शतभिषा  ०७:३५ सम्म।  करण रहेको छ कौलव   ०४:४२सम्म। योग रहेको छ अतिगन्ड  ०८:४१सम्म। आजको सुर्योदय ५:३८ मा हुनेछ भने सुर्यास्त ६:३३मा हुनेछ। सुर्य सिंह राशिमा हुनुहुन्छ भने चन्द्रमा कुम्भ  राशिमा हुनुहुन्छ। आज  जन्मिएका बालक हरुको न्वारन को नाम कुम्भ राशिबाट  रहनेछ।

आजको दिनमा शुभ बेला

बिहान ०५:३८ देखि ०७:१५ सम्म अमृत बेला रहेको छ।  यो बेलामा शुभकामको थालनी गर्न सक्नुहुनेछ।


       आजको राशिफल

(१) मेष:चु, चे, चो, ला, लि, लु, ले, लो, अ

 सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ।

(२) बृष: इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मन खुसी रहनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।

(३) मिथुन:का, कि, कु, घ, ङ, छ, के, को, ह

धर्मकर्ममा अभिरुचि बढ्ने छ।प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।

(४) कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो

गाडि वाहन चलाउदा बिचार पुर्याउनु पर्नेछ।

दिन तेति उत्तम रहेको छैन। कोहि कसैलाई झट्ट बिस्वास गर्ने गल्ती नगर्नुहोला।

(५)सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। 

(६) कन्या: टो, प, पि, पु, ष, ण, ठ, पे, पो

   खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। 

(७) तुला: र, रि, रु, रे, रो, ता, ति, तु, ते

ज्ञानको बृद्दी हुनेछ। केही नया काम गर्ने जोश र जागर आउनेछ। नयाकामको थालनी गर्ने योग रहेको छ। दिनै भरी शरिर स्फुर्त हुनेछ।।

(८) वृस्चिक:तो, ना, नि, नु, ने, नो, या, यि, यु

मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्।

(९) धनु: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

 सन्तोसजनक ब्यपार हुनेछ। मन प्रफुल्ल भएर दिन बित्ने छ। मीठो खानेकुरा प्राप्त हुने योग रहेको छ।।

(१०) मकर: भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बोल्दा बिचार पुर्याएर मात्र बोल्नुहोला। परिवारकै सदस्यहरु सङ्ग बादबिबाद हुने सम्भावना छ।आफ्नो हातबाट धन खर्च पनि हुनेछ।

(११) कुम्भ:गु, गे, गो, सा, सि, सु, से, सो, द

मान–सम्मान प्राप्त होला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ।आफन्त सङ्ग भेटको अवसर पनि मिल्ने छ।

(१२) मीन: दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ।

- पं पुरण भट्टराई 

 ९८६३३०९४०६