जपाकुसुम संकासं काश्यपेयं महाद्युतिम् 

तमोरिं सर्वपापघ्नं प्रणतोस्मि दिवाकर।।

OM Sai Pathibhara Hospital

सूं सूर्याय नम:

आज मिति २०७८ भदौ ६ गते आइतवार ई।स। २०२१ अगस्त २२तारिक। दक्षिणायण बर्षा रितु। श्रावण शुक्लपक्ष पुर्णिमा तिथि  ०५:५३सम्म। आज जनै पुर्णिमा ररक्षा बन्धन एवम् संस्कृत दिवस पर्व रहेको छ। आज नक्षत्र रहेको छ धनिष्ठा  बेलुकी ०७:४९ सम्म। करण रहेको छ भद्रा   ०६:२८ सम्म। योग रहेको छ  शोभन १०:४१ सम्म। आजको सुर्योदय ५:३७ मा हुनेछ भने सुर्यास्त ६:३४ मा हुनेछ। सुर्य सिंह राशिमा हुनुहुन्छ भने चन्द्रमा  ०८:०७  सम्म नकर  राशिमा  हुनुहुन्छ ०८:०७ पछाडी कुम्भ राशिमा रहनुहुनेछ।  आज  ०८:०७ अगाडि जन्मिएका बालक हरुको न्वारन को नाम मकर राशिबाट  रहनेछ भने ०८:०७ पछाडी जन्मिएका हरुको कुम्भ राशी हुनेछ। आजको दिनमा शुभ बेला रहेको छ।

बिहान ०८:५२ देखि १०:२९ सम्म लाभ  बेला रहेको छ भने १०:२९देखि १२:०६ सम्म अमृत वेला रहेको छ। बेलामा शुभकामको थालनी गर्न सक्नुहुनेछ।


  आजको राशिफल

(१) मेष:चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मन का इच्छा हरु पुर्ण हुनेछन्। लगानि गरेको ठाउँ बाट सफलता प्राप्त होला। साथी सङ्गिको सहयोग मिल्नेछ भने दिनको उत्तरार्धमा शरिरमा आलस्यता पैदा हुनेछ। 

(२) बृष: इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

धर्मकर्ममा अभिरुचि बढ्ने छ।प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।

(३) मिथुन:का, कि, कु, घ, ङ, छ, के, को, ह

खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर(छिमेकमा असमझदारी बढ्नेछ। 

(४) कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।राज्य बाट सम्मान को योग पनि बनेको छ।

(५)सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला।

(६) कन्या: टो, प, पि, पु, ष, ण, ठ, पे, पो

   सत्कर्म प्रती मन जानेछ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ।आफन्त सङ्ग भेटको अवसर पनि मिल्ने छ।

 (७) तुला: र, रि, रु, रे, रो, ता, ति, तु, ते

बोल्दा बिचार पुर्याएर मात्र बोल्नु होला। शरिरमा आलस्यता आउनेछ।अनावश्यक झैझमेला हरु आउन सक्छन् सतर्क रहनुहोला। गरेका काम असफलता मिल्ला।

(८) वृस्चिक:तो, ना, नि, नु, ने, नो, या, यि, यु

दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला।

(९) धनु: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले मनमा सन्तोष मिल्ला। कामको चापबाट पनि फुर्सद पाइनेछ। खानपान, मनोरञ्जन का साथमा दिन बित्ला।।

(१०) मकर: भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसर आए पनि काममा पछि परिनेछ। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्।

(११) कुम्भ:गु, गे, गो, सा, सि, सु, से, सो, द

मान–सम्मान प्राप्त होला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफन्त सङ्ग भेटको अवसर पनि मिल्ने छ। नया ठाउको भ्रमण को योग बनेको छ।

(१२) मीन: दि, दु, थ, झ, ञ, दे, दो, च, चि

विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ।


 पं पुरण भट्टराई 

 ९८६३३०९४०६