विराटनगर //डेन्टल चिकित्सकहरूको संस्था नेपाल डेन्टल एसोसिएसन मोरङमा डा. प्रेक्षा दली र महासचिवमा डाक्टर मिरा आचार्य निर्वाचित भएका छन्।

विराटनगरमा शनिबार भएको निर्वाचनमा उनकी प्रतिस्पर्धी डा. नुतन नौलाखेले समान मत ल्याएपछि डा. प्रेक्षा गोलाप्रथाद्वारा निर्वाचित भएकी हुन् ।

OM Sai Pathibhara Hospital

एसोसिएसनमा ५० जना सदस्य भएपनि  दुई जना सदस्य उपस्थित नभएपछी ४८ मत मात्रै खसेको थियो ।

डा. नुतन र डा. प्रेक्षाको अहिले सम्मको २४÷२४ मत भएको थियो।

गोला प्रथाबाट निर्वाचन गर्ने निर्वाचन समितिको निर्णय अनुसार दुई वर्ष कार्यकालको लागि नेपाल डेन्टल एसोसिएसन मोरङको अध्यक्षमा डा. प्रेक्षा निर्वाचित भएकी हुन् ।

यसअघि सर्वसम्मतबाट एसोसिएसनको नयाँ नेतृत्व चयन हँुदै आएकोमा यस पटक भने अध्यक्षमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो।

अहिलेसम्मको इतिहासमा नेपाल डेन्टल एसोसिएसन मोरङमा निर्वाचनको पद्धतिबाट अध्यक्ष निर्वाचन गरेको पहिलो पटक हो ।

अन्य पदमा भने सर्वसम्मत रूपमा पदाधिकारी र कार्यसमिति चयन भइसकेको छ।

एसोसिएसनको उपाध्यक्षमा डा. बिवेक सिंह, महासचिवमा डा. मिरा आचार्य, कोषाध्यक्षमा डा. पवन मेहता, सह–सचिबमा डा. विशालराज जोशी सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यहरू डा. प्राचि भगत, डा. निलेश कुमार देव, डा. अमिन कुमार सिंह र डा. आदित्य साह पनि सर्बसम्मत रूपमा चयन भएका छन् ।