काठमाडौँ / वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको हो । 

तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका थिए । उनले पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाइलो लगायतका टेलिसिरियलमा अभिन गर्दै आएका थिए । उनी हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ चर्चित भएका थिए ।

OM Sai Pathibhara Hospital

यस्तै उनले महानायक राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो बिरानो’ चलचित्रसमेत निर्माण गरेका थिए । स्व थापाका एक छोरा र एक छोरी छन् । 

स्व थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार सन्देश लामिछानेले जानकारी दिए ।