आज मिति:२०७८ भदौ ५ गते शनिबार ई.स. २०२१ अगस्त २१तारिक।  दक्षिणायण बर्षा रितु। श्रावण शुक्लपक्ष चतुर्दशी तिथि ०७:१३सम्म। रहेको छ श्रवण ०८:३२ सम्म। करण रहेको छ गर ०८:०९सम्म। योग रहेको छ सौभाग्य ०१:०३सम्म। आजको सुर्योदय ५:३७ मा हुनेछ भने सुर्यास्त ६:३५मा हुनेछ। सुर्य सिंह राशिमा हुनुहुन्छ भने चन्द्रमा मकर राशिमा हुनुहुन्छ। आज जन्मिएका बालक हरुको न्वारन को नाम मकर राशिबाट रहनेछ।

OM Sai Pathibhara Hospital

आजको दिनमा शुभ बेला 

बिहान ०७:१४ देखि ०८:५२ सम्म शुभ बेला रहेको छ। यो बेलामा शुभकामको थालनी गर्न सक्नुहुनेछ।

(आजको राशिफल)

(१) मेष:चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ।

(२) बृष: इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

धर्मकर्ममा अभिरुचि बढ्ने छ।प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।

(३) मिथुन:का, कि, कु, घ, ङ, छ, के, को, ह

अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन्भ ने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्।

(४) कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।राज्य बाट सम्मान को योग पनि बनेको छ।

(५)सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ।

(६) कन्या: टो, प, पि, पु, ष, ण, ठ, पे, पो

वादविवादमा अघि नसर्नुहोला। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। आवश्यकता पूरा गर्न केही रकम सापट लिनुपर्ला।आज को दिन मध्यम रहेको छ।

 (७) तुला: र, रि, रु, रे, रो, ता, ति, तु, ते

खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ।

(८) वृस्चिक:तो, ना, नि, नु, ने, नो, या, यि, यु

दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला।

(९) धनु: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च पनि बढाउनेछ।

(१०) मकर: भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसर आए पनि काममा पछि परिनेछ। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्।

(११) कुम्भ:गु, गे, गो, सा, सि, सु, से, सो, द

मान–सम्मान प्राप्त होला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ।आफन्त सङ्ग भेटको अवसर पनि मिल्ने छ।

(१२) मीन: दि, दु, थ, झ, ञ, दे, दो, च, चि

विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ।