बिर्तामोड / चर्चित फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको चौथो सिजनका लागि निर्णायक टिम परिर्वतन भएको छ। 

नयाँ निर्णायक टिममा  शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानलाई निर्णायकमा अनुबन्धित गरिएको हो। पहिलो देखि तेस्रो सिजनसम्म न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक रहेका थिए।

OM Sai Pathibhara Hospital

यो सिजनमा नयाँ जज ल्याइएको हो । आफू निर्णायक मा अनुबन्धित पछि  गायक  एवं वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले नेपाल आइडलमा आउँने आफ्नो सपना  पूरा भएको बताए । 

गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुशी भएको बताएका छन् ।

नेपाल आइडलको डिजिटल अडिसन  भदौ १ बाट  सुरु भएको हो । भदौ ३१ सम्म अडिसन दिन सकिने छ ।शोको होस्ट आशिफ शाहले गर्नेछन् भने उनको को–होस्टमा रेश्मा घिमिरे रहने छिन् ।

अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको  एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । र, आफ्नो  स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ ।

नेपाल आईडल एपी १ टेलिभिजनबाट प्रसारण हुने छ।