बिर्तामोड / आज देशभर थप तीन हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१० हजार ५३० पीसीआर परीक्षण गर्दा दुई हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ६३ जना गरी ३ हजार ४२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ । तीमध्ये ६ लाख ९३ हजार ५४३ जना निको भएका छन् । 

यस्तै आज कोरोना सङ्क्रमणबाट २६ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार चार सय ५५ पुगेको छ । 

मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमित मध्ये ३६ हजार ९२२ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै संस्थागत आइसोलेसनमा रहेका ३ हजार ३८७ जनामध्ये ७१४ जनाको आईसीयू र १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।