बिर्तामोड / प्रदेश १ मा आज थप सात सय ६९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । 

१ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ४२९ र १ हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा १४५, सुनसरीमा ८६, इलाममा १६, पाँचथरमा १२, धनकुटामा ८, उदयपुरमा ३, भोजपुरमा २, सङ्खुवासभा र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८५ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा २५२ महिला र २३३ पुरुष रहेका छन् । 

पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।