बिर्तामोड / नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल नियूफको दसौं संस्करणमा लधु चलचित्र प्रतियोगिताको आयोजना हुँदैछ ।

लैङ्गिक समानताका विषयमा हुन लागेको उक्त प्रतियोगिता, असोजको १ देखि ९ गतेसम्म भर्चुअल रुपमा हुनेभएको छ ।  

OM Sai Pathibhara Hospital

नेपाली चलचित्रकर्मी मात्र  सहभागी हुने उक्त प्रतियोगितामा चलचित्रकर्मीले आफ्नो चलचित्रलाई एमपीफम्यार्टमा भदौ १५ सम्म मा  [email protected] पठाइसक्नुपर्नेछ 

नेपालमा लैङ्गिक विभेद,  लैङ्गिक समानताका विषयलाई छुने अन्य  विषयमा निर्माण भएको चलचित्रलाई प्रतियोगितामा सहभागी गराइनेछ । नेपालमा बोलिने जुनसुकै भाषामा बनेका चलचित्र पनि यो महोत्सवमा सहभागी गरिने छ ।  

चलचित्रकर्मीले सन् २०१८ पछि निर्माण गरेका चलचित्र मात्र सहभागी गराउन पाउनेछन् फिल्मको लम्बाइ ४० मिनेट वा त्योभन्दा कम हुनु पर्ने युरोपियन युनियनको  शर्तमा उल्लेख छ ।

पुरै फिल्म अंग्रेजीमा खिचिएको छ भने त्यसको  नेपाली सबटाइटल  हुनुपर्ने युरोपियन युनियनले सर्त राखेको छ । 

यसरी सहभागी भएका  फिल्मलाई युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले गठन गरेको निर्णायक समूहले मूल्यांकन गर्नेछ र फेस्टिभलको प्रारम्भ मै विजेता फिल्म घोषणा गर्ने छ। । 

प्रतियोगितामा उत्कृष्ट हुने फिल्मले ५ सय युरो प्राप्त गर्नेछ ।