आज मिति २०७८ भदौ ४ गते शुक्रबार ई.स. २०२१ अगस्त २० तारिक। दक्षिणायण वर्षा रितु। श्रावण शुक्लपक्ष त्रयोदशी तिथि ०९:०४ सम्म । नक्षत्र रहेको छ उत्तरषाढा ०९:३६ सम्म। करण रहेको छ कौलव १०:०७ सम्म। योग रहेको छ आयुष्मान ०३:४१ सम्म। आजको सूर्योदय ५:३६ मा हुनेछ भने सूर्यास्त ६:३६मा हुनेछ। सुर्य सिंह राशिमा हुनुहुन्छ भने चन्द्रमा मकर राशिमा हुनुहुन्छ। आज जन्मिएका बालकहरुको न्वारन को नाम मकर राशिबाट रहनेछ।

OM Sai Pathibhara Hospital
आजको दिनमा शुभ बेला 
बिहान ०७:१४ देखि ०८:५१ सम्म लाभ बेला रहेको छ भने ०८:५१ देखि १०:२९ सम्म अमृत बेला रहेको छ ।।
यो बेलामा शुभकामको थालनी गर्न सक्नुहुनेछ।

आजको राशिफल
(१) मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

दिन व्यस्त भए तापनि स्वास्थ्य ठीक रहनेछ। उचित प्रयोग गरेमा तपाईंको रचनात्मक प्रतिभा अत्यधिक आकर्षक साबित हुनेछ। आनन्दित ( ऊर्जावान् र मायालु मुडमा तपाईंको हँसमुख प्रकृतिले आफ्ना वरिपरि आनन्द र खुशियाली ल्याउनेछ।

(२) वृष :  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आज एउटा राम्रो कार्यको परिणामले कामका शत्रुहरू तपाईँका साथी हुन सक्छन्। यो दिन तपाईँका वैवाहिक जीवनको सबै भन्दा राम्रो दिन हुन सक्छ।

(३) मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह

नयाँ साझेदारी आज कष्टपूर्ण हुनेछ। परिस्थितिको सकारात्मक प्रतिक्रिया गर्नेछ। हल नभएका मुद्दाहरू कठिन बन्नेछन् र खर्च बढ्ने पनि योग रहेको छ।

(४) कर्कट  : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मन प्रसन्न हुनेछ । गरेका काममा सफलता मिल्ला। दिन को १२ बजे पछि शरीरमा आलस्यता आउने छ। काम बने जस्तो लागे पनि काम नबन्ने योग छ।

(५) सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आफन्तको सहयोग मिल्ला। मिष्ठान्न चिज खाने योग बनेको छ। परिवारमा नयाँ सदस्यको आगमन हुने सम्भावना पनि रहेको छ।

(६) कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

शरीरमा आरोग्यता मिल्ने छ। काम गर्न जागर चलेर आउनेछ। पशु चौपायगर्ने हरुलाई आजको दिन शुभ रहेको छ।

( ७ ) तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते

आफ्नो लक्ष्यमा लागिरहने राम्रो दिन। लक्ष्यहरूलाई हासिल गर्न आफुलाई निरन्तर अघि बढाउने काम गर्न आफ्नो शरीर ऊर्जा आउनेछ । तपाईंले आज को दिनमा आफ्नो मित्रको सहयोग लिन सक्नुहुन्छ। यसले तपाईंको हौसला बढाउनेछ र तपाईँका लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्नेछ।

(८) वृश्चिक :  तो, ना, नि, नु, ने, नो, या, यि, यु

तपाईंको खर्चिलो जीवनशैलीले घरमा तनाव उत्पन्न गराउँछ, त्यसैले धेरै रातसम्म बाहिर बस्ने र अरूलाई धेरै खर्च गर्नबाट जोगिनुहोस्। आज तपाईंको आत्मीय भएर जोडिने अनुरोध गर्ने कसैसँग भेट हुने बलियो सम्भावना छ। काममा र घरमा हुने दबावले तपाईंलाई रिसाहा बनाउन सक्छ।

(९) धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे


आध्यात्मिक साथै भौतिक लाभको लागि ध्यान र योग अभ्यास गर्नुपर्छ। तपाईंले आज राम्रो पैसा कमाउनुहुनेछ पैसा बचाउने प्रयत्न गर्नुहोला।

(१०) मकर :  भो, ज, जि, खि, खु, खे, खो, गा, गि

एउटा नयाँ आर्थिक सम्झौता तय हुनेछ र नयाँ पैसा प्राप्त हुनेछ। अरूलाई अपमान नगर्नु होला आफ्नो परिवारको आवश्यकता अनुसारको बन्नुहोस्। आज तपाईंको कार्यस्थल प्रेममय हुनेछ कृषितर्फ कामको चाप बढ्नेछ।

(११) कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द

भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

(१२) मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आवेशको निर्णयले समस्या निम्त्याउनेछ। हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। वादविवादमा परिने सम्भावना छ।