बिर्तामोड / देशभर आज थप तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ४३८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ९४६ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ३२१  र ४ हजार ४९२ जनाको एन्टीजेन परीक्षण गर्दा ७५४ जनामा संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घण्टामा ३३ एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।