दमक / दमकका तीन साहित्यकार  ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत भएका छन् ।

अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई सो अवार्डबाट पुरस्कृत भएका हुन् ।

OM Sai Pathibhara Hospital

विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुर्याए वापत उनीहरूलाई भारतको ७५ औँ स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ ।

दिवसका उपलक्ष्यमा विश्व अङ्ग्रेजी साहित्यकारहरूको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकाडेमीले संयुक्त रूपमा सो अवार्ड प्रदान गरेको हो ।

अवार्ड बर्सेनि भारत स्वतन्त्रता दिवसका सन्दर्भमा आयोजक संस्था मोटिभिसनल स्ट्रिपका संस्थापक सिजु एच पालिथाजेथ र गुजरात साहित्य एकाडेमीका संस्थापक डा. विष्णु पाण्डेयले वितरण गर्दै आएका छन् ।