बिर्तामोड / मदन घिमिरेको निर्देशन रहेको ‘आँधी तुफान –२’को छायाँकन सकिएको छ । ३१ दिन पछि चलचित्रको छायाँकन सकिएको लेखक तथा निर्माता मौनता श्रेष्ठले जानकारी दिए

महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको सुपरहिट फिल्म  ‘आँधी तुफान’ को १६ वर्षपछि सिक्वेल निर्माण भएको हो ।

OM Sai Pathibhara Hospital

चक्र घर्ती मगरको निर्माण, रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत रहेको ‘आँधी तुफान –२’मा कनिजका कोइराला, आरती आचार्य, मुकुन्द थापा र रवि गिरी आदि कलाकारको अभिनय रहेको छ।

‘आँधी तुफान –२’ मा एक पात्रको हत्याको अनुसन्धान, तीन युवतीले कसरी गर्छन भन्ने  कथा रहेको छ । धुलिखेल र काठमाडौंका रमणिय स्थानहरूमा छायाँकन गरिएको उक्त चलचित्रको एक गीतको छायाँकन भने बाँकी छ 

‘फिल्मलाई उत्कृष्ट बनाउन कुनै कम्प्रमाइज गरेका छैनौँ । फिल्मले दर्शकलाई पूर्ण सन्तुष्टि दिनेमा विश्वस्त छु ।’ लेखक तथा निर्माता मौनता श्रेष्ठले बताए । फिल्मको रिलिजको विषयमा भने निर्माण पक्षले कुनै जानकारी दिएको छैन ।