बिर्तामोड / प्रदेश १ मा आज थप आठ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

एक हजार दुई सय ४५ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ६९ र एक हजार छ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा चार सय १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १२७, मोरङमा ११८, सुनसरीमा ९०, पाँचथरमा १०, इलाम, धनकुटा र उदयपुरमा ६–६, सङ्खुवासभामा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ५१६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४६ महिला र २७० पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।