बिर्तामोड / बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहानाले बलिउडमा डेब्यु गर्ने भएकी छिन् । भारतीय मिडियाका अनुसार उनले निर्देशक जोया अख्तरको फिल्मबाट बलिउडमा डेब्यु गर्न लागेकी हुन्। 

नेटफ्लिक्सका लागि बनाउन लागेको फिल्म टिनएजको कथामा आधारित हुने जोयाको भनाई छ । अहिले यूकेमा फिल्म मेकिङको कोर्स गरिरहेकी सुहानाले  सन २०१८ मा बनेको ‘द ग्रे पार्ट अफ ब्लू’ नामक सर्ट फिल्ममा काम गरेकी थिइन् ।  

OM Sai Pathibhara Hospital

यसअघि पनि धेरै फिल्मबाट उनलाई प्रस्ताव आए पनि शाहरुखले अनुमति दिएका  थिएनन् । ‘निर्देशक जोया अख्तरले यसअघि  जिन्दगी ना मिलेगी दोबोरा’ फिल्मको निर्देशन गरिसकेकी छिन्  । 

उनले इन्टरनेसनल कमिक किताब ‘आर्ची’मा आधारित फिल्म बनाउन लागेको र फिल्ममा सुहानाले अभिनय गर्ने बताइएको छ ।उनी चाँडै शाहरुख र सुहानालाई स्क्रिप्ट सुनाउने तयारीमा छिन् । 

फिल्मको स्क्रिप्ट मनपरेमा साहरुखले पनि छोरीलाई फिल्म खेल्न अनुमति दिनेछन् । बलिउडमा सुहानाको डेब्युलाई लिएर उत्सुकता बढेको छ।