सिमकोट  / हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका –१ जैरमा कर्णाली प्रदेश सरकारको मातहतमा रहेको सामुदायिक स्वास्थ्य एकाइ एक महिनादेखि बन्द भएको छ ।

वडा नं १ छिडी नात्तामा रहेको उक्त सामुदायिक स्वास्थ्य एकाइ एक महिनादेखि बन्द हुँदा यहाँका नागरिक स्वास्थ्य सेवा पाउनबाट वञ्चित छन् ।

OM Sai Pathibhara Hospital

स्वास्थ्यकर्मी नहुँदा उक्त स्वास्थ्य संस्था बन्द हुँदा सेवाग्राहीले घण्टौँ पैदल हिँडेर स्वास्थ्य उपचारका लागि अन्यत्र उपचार गर्न जानुपरेको स्थानीयवासीको गुनासो छ ।

विसं २०७६ देखि स्वास्थ्य एकाइ सञ्चालनमा आएको थियो । यसअघि एकाइमा एक–एक अहेव, अनमी र कार्यालय सहयोगी गरी तीन जनाको दरबन्दी छ ।

गाउँमा रुघाखोकीका बिरामीको सङ्ख्या बढिरहेको छ । स्वास्थ्यकर्मी नहुँदा थप स्थानीयवासी समस्यामा परेका छन् । एकाइमा दैनिक १०–१२ सम्म बिरामी उपचारमा आउने गर्छन् । रासस