प. पुरण भट्टराई 

आज मिति  २०७८ भदौ ३ गते बिहिबार ई.स. २०२१ अगस्त १९ तारिक। दक्षिणायण बर्षा रितु। श्रावण शुक्लपक्ष द्वादशी तिथि ११:१०सम्म। नक्षत्र रहेको छ पुर्वाषाढा भोलि १०:५६ सम्म। करण रहेको छ वव १२:१५ सम्म। योग रहेको छ प्रीती ६:२९ सम्म। आजको सुर्योदय ५:३६ मा हुनेछ भने सुर्यास्त ६:३७मा हुनेछ।  सुर्य सिंह राशिमा हुनुहुन्छ भने चन्द्रमा धनु राशिमा भोलि ०४:३५ सम्म रहनुहुनेछ । भोलि ०४:३५ सम्ममा जन्मिएका बालक हरुको न्वारन को नाम धनु राशिको हुनेछ।

OM Sai Pathibhara Hospital

आजको दिनमा शुभ बेला

बिहान ०५:३६ देखि ०७:१४ सम्म शुभ बेला रहेको छ।। यो बेलामा शुभकामको थालनी गर्न सक्नुहुनेछ।

आजको राशिफल

(१) मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।


(२) वृष :  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।


(३) मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह

बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।


(४) कर्कट  : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतिफलका लागि समय पर्खनुपर्नेछ। सरसापटमा धन बाहिरिने सम्भावना छ। गरेका काम मा सफलता मिल्नेछ।


(५) सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। सेवा र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ।


(६) कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अर्थ अभावले काम रोकिने सम्भावना छ। वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्।


( ७ ) तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते

पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ।


(८) वृश्चिक :  तो, ना, नि, नु, ने, नो, या, यि, यु

हल्लाको पछि लाग्दा चिताएको काममा अलमल हुनेछ। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ।


(९) धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषितर्फ कामको चाप बढ्नेछ।


(१०) मकर :  भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ।कृषितर्फ कामको चाप बढ्नेछ। कोहि नया ब्यक्तिको आगमन हुने योग रहेको छ।।


(११) कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द

भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला।


(१२) मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियार रहनुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला।