बिर्तामोड  / एकेज इभेन्ट एण्ड इन्टरटेनमेन्ट कम्पनीले  ‘मिस्टर एण्ड मिस राइजिङ्ग मेगा मोडल – २०२१’को आयोजना गर्ने भएको छ । 

प्रतियोगितामा १५ देखि २६ वर्ष उमेरका युवायुवतीले भागलिन पाउने छन् । त्यसका लागि उनीहरूले एक हजार रुपैयाँ सहित आवेदन फारम भर्नु पर्ने छ । 

OM Sai Pathibhara Hospital

प्रतिस्पर्धीको आत्मविश्वास, शैक्षिक अभिवृद्धि तथा व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो ।

काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने उक्त प्रतियाेगिताकाे देश व्यापी अडिसन मिति छिटै घाेषाणा हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) आयुष के. सिंहले जानकारी दिए । 

उक्त कम्पनीले यसअघि पनि  ‘नेपाल वेस्ट रनवे मोडल २०२०’ को आयोजना गरी सकेको छ । प्रतियोगितामा विजेता बन्नेले नगद सहित स्कुटर/बाइक पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता छिटै नै आयोजना गरिने आयोजक टिमले जनाएको छ ।