इटहरी//इटहरीको इतिहास समेटेर तयार पारिएको ‘इतिहासमा इटहरी’नामक पुस्तक विमोचन गरिएको छ ।

एक कार्यक्रमका बीच इटहरीका पहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथा वर्तमान प्रदेश सांसद सर्वध्वज साँवा, मेयर द्वारिकालाल चौधरी, इटहरीका पहिलो फिल्म निर्माता तथा जग्गा दाता हेमनारायण चौधरी र इटहरीका पहिलो स्कुल सञ्चालक डेबिट सुब्बाले संयुक्तरुपमा पुस्तक विमोचन गरेका हुन्।

OM Sai Pathibhara Hospital

नेप्ली मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकमा इटहरीको कला, संगीत, साहित्य, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न विषयको इतिहासका साथै वर्तमान अवस्था र भावी सम्भावनासमेत समेटिएको छ।

पाँचवर्षको तयारीमा प्रकाशन गरिएको  पुस्तकमा  नगरवासीहरुको सहयोग रहेको पुस्तकका संकलक तथा सम्पादक   हिमाल दाहालले जानकारी गराएका छन।

उनले पुस्तकमा भएका कमीकमजोरीलाई सच्याएर अर्को संस्करण प्रकाशन गर्ने समेत बताएका छन् ।

इटहरीको लागि उक्त पुस्तक अमूल्य  सम्पदा भएको साथै यसले धेरै विषय समेटेको बताइएको छ। 

इटहरी बन्नमा सबैको योगदान रहेको कुरा समेत किताबमा समेटिएको छ।

यसैगरी सोहि अवसरमा लामो समयदेखि इटहरीको इतिहासलाई उजागर गर्ने, अभिलेखन गर्ने र विभिन्न समयमा प्रकाशन गर्ने कार्यमा सक्रिय रहेको भन्दै  इटहरीका अग्रज पत्रकार कृष्णविनोद लम्साल, पत्रकार तथा राजनीतिज्ञ रमेश विष्ट र संगीतकर्मी तथा सामाजिक अभियानकर्मी राजु केसीलाई सम्मान समेत गरिएको थियो ।