बिर्तामोड  / पाइरट्स अफ क्यारेबियन सिरिजका अभिनेता जोनी डेपलाई हलिउड इन्डस्ट्रीले बहिष्कार गरेको छ । उनकी पूर्वपत्नी तथा अभिनेत्री एम्बर हर्डले उनी विरुद्ध घरेलु हिंसाको आरोप लगाएपछि हलिउडले डेपलाई बहिष्कार गरेको हो ।

एम्बर हर्ड संग सन् २०१५ मा विवाह गरेका जोनी डिपकोे एक वर्षमै सम्बन्ध विच्छेद भएको थियो। त्यसपछि सामाजिक सञ्जालमा एम्बरले जोनीबारे नराम्रो कुरा फैलाउन थालेकी हुन्।

OM Sai Pathibhara Hospital

जोनीले, आफूलाई बदनाम गरेको भन्दै एम्बर विरुद्ध ५० मिलियन अमेरिकी डलर क्षतिपूर्ति माग राखी मुद्दा हालेका छन् । सन् २०२० मा एक बेलायती सञ्चारमाध्यम जोनीलाई श्रीमती पिट्ने व्यक्ति भनेर समाचार प्रकाशन गर्यो, त्यसपछि  उनले सो सञ्चारमाध्यम विरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए। 

अदालतले निवेदन खारेज गरेपछि जोनीले त्यही वर्ष मुद्दा हारेका हुन् ।  यसले गर्दा उनी ठूलो समस्यामा फसे।
हलिउड बाट आफू बहिष्कार भएको खुलासा जोनी डेप आफैले गरेका छन् । 

एम्बरसंगको  कानुनी लफडाको कारण उनले अभिनय गरेको  पछिल्लो फिल्म ‘मिनामाता’ लाई पनि असर पारिरहेको छ। फिल्मले बेलायतमा ठाउँ पाए पनि अमेरिकामा भने कानुनी विवादको कारण  रिलिज डेट अझै निश्चित भएको छैन।